आदरणीय अभिभावक तथा विद्यार्थी भाई बहिनीहरु !!
न्यानो अभिबादन !
मनकामना मा.वि. यस क्षेत्रका शिक्षा प्रेमी महानुभावहरुले आफनो सितोपिठो खाएर हाम्रा लागि २०१६ सालमा स्थापना भएको विद्यालय हो | यस क्षेत्रका अभिभावकको सदा आस्थाको मन्दिर रहेको यो विद्यालय पुर्खाको अमुल्य लगानी र श्रम पसिनाबाट सिर्जना भएको अमुल्य निधि हो | यस विद्यालयको शैक्षिक तथा भौतिक विकासमा इतिहासका ती दिनहरुमा योगदान गर्ने महान अग्रजप्रति म हार्दिक नमन गर्न चाहन्छु |
हाम्रो लक्ष्य सुरक्षित र बालमैत्री बाताबरण सिर्जना गरि गुणस्तरीय शिक्षा प्रदान गर्नु हो | हामी सो लक्ष्य प्राप्तिका लागि योजना बद्ध रुपमा अगाडी बढी रहेका छौँ | हाम्रो यो लक्ष्य पुरा गर्न यस क्षेत्रका अभिभावक, विद्यार्थी, शिक्षक तथा समाजसेवी र राजनीतिज्ञहरु हरपल साथ दिई नै रहनु भएको छ | यसका लागि म हृदय देखि नै धन्यवाद दिन चाहन्छु | सबै एकजुट भए सामुदायिक विद्यालय पनि अब्बल स्तरको शिक्षा दिन सक्ने उत्कृष्ट विद्यालय बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास गत तिन बर्षमा हामीले चलाएको सुधार अभियानले पुष्टि गरि सकेको छ | आगामी तिन बर्ष भित्र यो विद्यालयलाई शैक्षिक, भौतिक तथा व्यबस्थापकीय सबै हिसाबले उत्कृत विद्यालय बनाउने अठोटका साथ पुनः हामीलाई भर्खरै अभिभावक ज्युहरुले चुनेर पठाउनु भएको छ | म के विश्वाश दिलाउन चाहन्छु भने अबको तिन बर्षमा हाम्रो विद्यालय राम्रो विद्यालय त हुने नै छ त्यसको साथ साथै यस क्षेत्रका संम्पुर्ण अभिभावक तथा विद्यार्थीको पहिलो रोजाई समेत हुने छ | हामीले शुरु गरेको प्राविधिक शिक्षा, अंग्रेजी माध्यमको पठनपाठन, व्यबस्थापन समुहको पुनः पठनपाठन र आगामी बर्ष देखि शुरु गर्ने योजनामा रहेको विज्ञान विषयको कक्षाले यस क्षेत्रका सबै विद्यार्थीहरुको पहिलो रोजाई पक्कै हुने नै छ | विद्यालयको हितमा संधै काम गर्ने प्रणका साथ विदा माग्छु | नमस्कार जय मनकामना !!