Home / news / ९ दिने विद्यालय संचालित शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम/कार्यशाला /

मिति २०७७ कार्तिक १९  देखि कार्तिक २७ सम्म विद्यालयमा एकीकृत पाठ्यक्रम तथा परियोजनामा आधारित शिक्षण सिकाइ सम्बन्धि तालिम कार्यशाला संचालन गरियो| तालिम विद्यालयमा रहेको तालिम समितिबाट संचालन भएको थियो | तालिमको उद्घाटन विद्यालयका प्र.अ.कुबेरप्रसाद भेटुवालले गर्नु भएको थियो भने तालिम कार्यशालाको सामपन विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देवेन्द्र घिमिरे, जिल्ला समन्वय समिति संखुवासभाका सदस्य तथा विद्यालयका सल्लाहकार लोकेन्द्र तामाङ, वि.व्य.स. सदस्य देवीप्रसाद चापगाईको उपस्थितिमा विद्यालयका तालिम समितिका सदस्यहरुलाई सम्मान गर्दै समापन गरिएको थियो |