विद्यालय संचालित ९ दिने शिक्षकहरुको क्षमता विकास तालिम कार्यशाला सम्पन्न भएको छ | विद्यालयमा रहेको तालिम समितिको संयोजनमा संचालन भएको उक्त तालिम कार्यशाला एकीकृत पाठ्यक्रम तथा परियोजनामा आधारित सिकाइ संग सम्बन्धित रहेको थियो |विद्यालयका सबै शिक्षक संलग्न रहेको उक्त कार्यशालामा सबै शिक्षकहरुले एक/एक वटा परियोजना निर्माण गरि प्रस्तुत गर्नु भएको थियो भने तालिममा ISA समितिका सदस्यहरुले आफनो परियोजना नमुनाका रुपमा प्रस्तुत गर्दै अबको शिक्षण सिकाइ सोहि अनुसार हुनु पर्ने विषयमा जोड दिदै सहजीकरण गर्नु भएको थियो | तालिम कार्यशाला अत्यन्त उपयोगी भएको अनुभूति सहभागी शिक्षकहरुले राख्नु भएको थियो | तालिम संयोजक केशव श्रेष्ठले तालिम/कार्यशाला अत्यन्त सफल रहेको धारणा समेत राख्नु भएको छ |