हिरक स्मारिका प्रकाशन तथा दिगो योजना निर्माण सम्बन्धमा: यस विद्यालयको ६१ औं वार्षिकोत्सव तथा अभिभावक समारोहको अवसरमा विद्यालयले हिरक स्मारिक प्रकासन गर्ने भएको हुँदा यस विद्यालयका जग्गा दाता, चन्दादाता,पुर्व विद्यार्थी, पुर्व शिक्षक, अभिभावक तथा लेखक, पत्रकार ज्यूहरुलाई आफनो लेख रचना मंसिर १५ गते भित्रमा विद्यालयमा उपलब्ध गराई दिन हुन सादर अनुरोध छ |त्यसै गरी यस विद्यालयको दिगो विकास योजना निर्माण तथा संचालनका लागि यहि मंसिर महिना भित्र दिगो विकास योजना निर्माण गर्ने गरी सबै सरोकारवाला पक्षहरुसंग राय सुझाब तथा संकलनको काम समेत भई रहेको हुँदा विद्यालयलाई दिगो र राम्रो विद्यालय बनाउन उपयुक्त सल्लाह तथा सुझाव दिन हुन समेत यसै सूचना द्वारा आव्हान गरिएको छ |