Home / post / मा. अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकर लाई विद्यालयमा स्वागत:2078-07-16 /

आज विद्यालयमा ३ वटा महत्वूर्ण कार्यक्रमहरु सम्पन्न भएका छन्। १. आज मिति २०७८ कार्तिक १६ गते नेपाल सरकारका अर्थ मन्त्री मा. जनार्दन शर्मा प्रभाकर ज्यू विद्यालयको अवलोकन भ्रमणका लागि पाल्नु भयो। सो अवसरमा मा. मन्त्री ज्युलाई विद्यालयले स्वागत् गर्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो।विद्यालयको तर्फबाट मन्त्री ज्यू समक्ष ज्ञापन पत्र बुझाउने कार्य गरियाे। २. विद्यालयलाई ग्रामीण पुननिर्माण संस्था (RRN) द्वारा १६ रोपनी जग्गा हस्तान्तरण (दान स्वरूप) गर्ने कार्य सम्पन्न भयो। संस्थाका कार्यकारी निर्देशक डा अर्जुन कार्की ज्यूबाट वि व्य स अध्यक्ष देवेन्द्र घिमिरे ज्यू लाई जग्गा हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। यो जग्गा विद्यालयको विकासमा महत्वपूर्ण साबित हुनेछ। यस पुनित कार्यका लागि विद्यालय संस्था समक्ष हार्दिक कृतज्ञता प्रकट गर्दछ। ३. तिहार विशेष लोक सांस्कृतिक नृत्य कार्यक्रमको आयोजना गरियो यस महत्वपूर्ण कार्यक्रममा पाल्नु हुने प्रमूख अतिथि विशिष्ट अतिथि लगायत सम्पूर्ण व्यक्ति व्यक्तित्वहरूमा विद्यालयको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण विद्यालय परिवार जनमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।