RRN संस्था द्वारा विद्यालयलाई १६ रोपनी जग्गा निशुल्क हस्तान्तरण भएको छ | विद्यालय द्वारा आयोजित विशेष कार्यकममा मा.अर्थ मन्त्रि जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा संस्थाका कार्यकारी निर्देशक डा.अर्जुन कार्की ज्युबाट उक्त जग्गा हस्तान्तरण भएको हो | पुर्व अमेरिकी राजदुत समेत रही सक्नु भएका डा.कार्की विद्यालयका संस्थापक समेत हुनुहुन्छ | डा. कार्की द्वारा यस अघि पनि विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक स्रोतहरु निरन्तर रुपमा सहयोग प्राप्त हुदै आएको छ | १६ रोपनी जग्गा प्राप्तिले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ |